काठमाडौं । शेयर हबले शेयर बजारमा प्राविधिक विश्लेषण सिक्न चाहने शुरुआती लगानीकर्तालाई लक्षित गरी १० दिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ। ‘Technical Analysis Training for Beginners’ नामक तालिममा मूल्यको चार्ट बुझ्न, बजारको प्रवृत्ति पहिचान गर्न र कारोबारको योजना बनाउन सिकाइनेछ।
यसैगरी, कारोबार परिमाण अर्थात् भोल्युम विश्लेषण, डाउ थ्योरी र विभिन्न समयावधिका चार्ट तुलना गर्ने अभ्यास गराइनेछ। वास्तविक पैसा प्रयोग नगरी कारोबारको अभ्यास गर्न सकिने पेपर ट्रेडिङ तथा टीएमएस र मेरोशेयरको प्रयोगबारे पनि सिकाइनेछ।
तालिममा जोखिम व्यवस्थापन र ट्रेडिङ मनोविज्ञानलाई समेत जोड दिइएको छ। लगानीको आकार निर्धारण, जोखिम र सम्भावित प्रतिफलको अनुपात बुझ्ने तथा डर र लोभलाई नियन्त्रण गर्दै अनुशासित कारोबार गर्ने विषय समेटिएका छन्। तालिममा सहभागी हुन वित्तीय बजारको आधारभूत ज्ञान उपयोगी हुने भए पनि अनिवार्य छैन।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिले यहाँ क्लिक गरी दर्ता फारम भर्न सक्नेछन्। पाठ्यक्रमबारे थप जानकारी शेयर हबको तालिम पृष्ठमा उपलब्ध छ। तालिम यही असोज २० गतेदेखि १० दिनसम्म सञ्चालन हुनेछ।



