नेपाल टेलिकमले एनटीटीभी प्रयोगकर्ताका लागि एन्ड्रोइड स्मार्ट टीभीमा भर्चुअल सेट–टप बक्स सेवा सुरु गरे

नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराइरहेको टेलिभिजन सेवा एनटीटीभी ९ल्त्त्ख्० अन्तर्गत स्मार्ट टीभी प्रयोगकर्ताहरुले सेट टप बक्स बिना नै सेवा प्रयोग गर्न सक्नु हुने भएको छ । कम्पनीले आज (२०८३ असोज १५) देखि हाललाई एन्ड्रोइड टीभीको लागि भर्चुअल सेट–टप बक्स ९ख्ष्चतगब िक्भत(त्यउ द्ययह० उपलब्ध गराएको छ ।

ग्राहकहरुले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टीभीमा यो भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्नु हुनेछ । ग्राहकहरुले गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटीभी’ सर्च गरेर इन्स्टल गरी भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्नु हुनेछ । साथै, निकट भविष्यमा सबै स्मार्ट टीभीहरुमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उक्त सेवा थप ग्राहकमैत्री हुने गरी विकास गरिएको छ ।

नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्स सहितको प्याकेज लिएमा रु. १००० छुट उपलब्ध हुने व्यवस्था गरिएको छ ।

नेपाल टेलिकमको एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ । भर्चुअल सेट–टप बक्स सहितको टेलिभिजन प्रयोग गर्नका लागि कम्पनीले विभिन्न प्याकेज उपलब्ध गराएको छ । वार्षिक र दुई वर्षे प्याकेजहरुमा मोबाइल डाटा सुविधा समेत उपलब्ध छ ।

यस सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइट र ‘नेपाल टेलिकम’ एपमार्फत समेत लिन सकिन्छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय