४ दशक लामो पत्रकारिता यात्राका लागि राजेशचन्द्र राजभण्डारीलाई ‘आईटीसी सम्मान–२०८३

काठमाडौं — बानेश्वर हिल्समा आयोजित विशेष कार्यक्रममा वरिष्ठ पत्रकार राजेशचन्द्र राजभण्डारीलाई ‘आईटीसी सम्मान–२०८३’ प्रदान गरिएको छ।

बागलुङबाट करिब ४० वर्षअघि पत्रकारिताको यात्रा प्रारम्भ गरी निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका राजभण्डारीलाई सत्य, तथ्य र जनसरोकारका विषयलाई प्राथमिकताका साथ उजागर गर्दै समाज तथा राष्ट्र निर्माणमा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।

पत्रकारितासँगै समाजसेवाका क्षेत्रमा समेत सक्रिय रहँदै समुदाय तथा राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको भन्दै उहाँलाई सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

सम्मान ग्रहण गर्दै वरिष्ठ पत्रकार राजभण्डारीले पत्रकारिताप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता कायम राख्दै आगामी दिनमा पनि सत्य, तथ्य र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर कलम चलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

चार दशक लामो पत्रकारिता यात्रामा प्राप्त यो सम्मान उहाँको योगदान, समर्पण र निरन्तर सक्रियताको सम्मानका रूपमा लिइएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय