नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि विशेष डाटा अफर ल्याए

नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ । अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ ।

यस अफर अन्तर्गत रु. ४९९ (कर सहित) मा अनलिमिटेड लाइट ४९९ (Unlimited Lite 499) प्याकेज प्राप्त गर्न सकिनेछ । यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ । ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि रु. ६९९ (कर सहित) अनलिमिटेड प्रो ६९९ (Unlimited Pro 699) प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेज अन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ । १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुको हकमा रेन्टल चार्ज समेत प्याकेजमा समावेश गरिएको छ ।

यो अफर यही २०८३ असोज ०२ गतेदेखि असोज ०४ गतेसम्म (तीन दिन) उपलब्ध हुने छ । अफर प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा नेपाल टेलिकम एपको प्रयोग गर्न सक्नु हुनेछ

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय