उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता, मृत्यु भए परिवारलाई १० लाख राहत

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जारी खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

सरकारका अनुसार उद्धार तथा खोजीका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गरिनेछ।

यस्तै, उद्धार कार्यमा खटिएकै क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि भएको छ।

मन्त्रिपरिषद्को निर्णय :

  • उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता
  • खाजा खर्च उपलब्ध गराउने
  • घाइते भएमा निःशुल्क औषधि उपचार
  • उद्धारका क्रममा मृत्यु भएमा परिवारलाई १० लाख रुपैयाँ राहत
सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय