नुवाकोटको विदुरमा त्रिशूली नदी वारपार गर्न तत्कालका लागि तुइन सञ्चालनमा ल्याइएको छ। बाढीका कारण पुल तथा सडकमा क्षति पुगेपछि नदीपारिका बस्ती र विदुरबीचको आवागमन सहज बनाउन तुइन सञ्चालनमा ल्याइएको हो।
विदुर नगरपालिका–१ र ९ नम्बर वडाबीच आवतजावत सहज बनाउन त्रिशूली नदीमा तुइन जडान गरिएको हो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि यी क्षेत्रबीचको नियमित सम्पर्क प्रभावित भएको थियो।
स्थायी पुल निर्माण तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा समय लाग्ने भएकाले तत्कालका लागि तुइनमार्फत सर्वसाधारण तथा अत्यावश्यक सामग्रीको आवागमन सहज बनाउने प्रयास गरिएको हो।



