प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा ३ करोड रुपैयाँ आर्थिक सहयोग

यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका नागरिकहरुको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

बिहीबार राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहालले माननीय अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव लगायतका कर्मचारीहरुको उपस्थिति रहेकोे थियो ।

हालै भोटेकोशी संगै त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै कयौं मानिसहरू हराईरहेका र अझै पनि उद्धार एवं राहतको पर्खाईमा रहेका छन् । बाढीबाट प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत उक्त सहयोग प्रदान गरेको हो ।

अकल्पनीय विपदका कारण ज्यान गुमाउन विवश स्वदेशी एवं विदेशी नागरिकहरुप्रति राष्ट्रिय वाणिज्य बैंक परीवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै बेपत्ता एवं घाइतेको शिघ्र उद्धार एवं उपचारको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछ  ।

 

 

 

 

 

 

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय