मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट मंगलबार आत्महत्याको प्रयास

मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट मंगलबार आत्महत्याको प्रयास गरेका छन् । यद्यपि, ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएको छ ।

प्राप्त जानकारीअनुसार अधिवक्ता लालबहादुर राईले मंगलबार दिउँसो मुद्दाको फैसला आफ्नो विपक्षमा आएपछि गम्भीर कदम चाल्ने प्रयास गरेका थिए। घटनाबारे थाहा पाएलगत्तै सर्वोच्च अदालतको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएर सुरक्षित बनाएका हुन्।

त्यसपछि, ‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै सुसाइड नोट समेत लेखेर राई सर्वोच्चको पाँचौ तल्लामा पुगेका थिए ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अदालत परिसरमा एक व्यक्तिले आत्महत्याको प्रयास गरेको र सुरक्षाकर्मीले उद्धार गरेको जानकारी प्राप्त भएको पुष्टि गरेका छन्।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय