ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा रहेका थुनुवाहरुको लागि ९थान कम्बल हस्तान्तरण

रामजी यादव ६ पुस पर्सा#
ईलाका प्रहरी कार्यालय पोखरिया पर्साको हिरासतमा रहेका थुनुवाहरुको लागि नेपाली कांग्रेस पार्टीका नेत्री तथा समाजसेबी आशा चौहान लगायतका समर्थकहरुले ९नौ थान कम्बल हस्तान्तरण गरेका हुन।ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप थापालाई सो कम्बल हस्तान्तरण गरिएको हो।

ईलाका प्रहरी कार्यालय पोखरियाको बिभिन्न करवाहीमा परेका ब्यक्तीलाई अनुसन्धानको लागि हिरासतमा रहेका थुनुवालाई मानवतालाई मध्यनजर गरि चिसोबाट बच्न ९ थान कम्बल बितरण गरिएको नेपाली कांग्रेस पार्टीका क्षेत्रनं३का क्षेत्रिय सभापति श्री कृष्ण चौहानले बताए।

सो कार्यक्रममा स्थानीय लोकप्रिय समाजसेबी नेता नजामुदिन समानी, कृष्णा साह,किरण देबी शर्मा लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय