बाल संरक्षण कार्यक्रम अन्तर्गत केस ब्यवस्थापन तालिम पकहा मैनपुर गाउपालिकाको सभाहलमा सम्पन्न

रामजी यादव मंसिर पर्सा# पकहा मैनपुर गाउपालिकाको सभाहलमा बाल संरक्षण तथा बाल अधिकार कार्यक्रम अन्तर्गत केस ब्यवस्थापन तालिम सम्पन्न गरेको छ। पकहा मैनपुर गाउपालिकाका अध्यक्ष सुरेश मेहताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बाल संरक्षण तथा बाल अधिकारको बारेमा प्रशिक्षकले बिभिन्न बुंदाहरुको बारेमा अवगत गराएका थिए।

बाल अधिकार, बाल संरक्षण, बाल कल्याण र बाल सुधार हेल्प लाईनको बारेमा प्रशिक्षकले जानकारी गराए। पकहा मैनपुर गाउँपालिकाको सभाहलमा १) बाल घटना घटना प्रकृयाका चरणहरु, २) सुचना दर्ता संकलन गर्नुपर्ने कुराहरु, ३) उद्दार गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायतका बंदाहरुको बारेमा जानकारी गराईएको थियो।पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष सरफुन नेसाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवनाथ प्र.साह बाल कल्याण अधिकारी शुधांशु शेखर प्रसाद, रमावती देबी साह, लालपरी देबी साह, मनोज कु.यादव, संदीप कुमार चौरसिया, अंजना पराजुली, सुनिता देबी बर्नवाल, संजय प्र.चौहान, प्रहरी चौकी खेस्राहाका प्रहरी सहायक निरीक्षक लालबाबु यादव, प्रहरी चौकी धोरेका प्रहरी सहायक निरीक्षक भन्टु यादव, कार्यपालिका सदस्य जनप्रतिनिधि लगायत प्रशिक्षक कृष्णा यादवको उपस्थिति रहेको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय