जनमत पार्टीको क्षेत्रीय गाउँसभा पोखरियामा सम्पन्न

रामजी यादव बीरगंज पर्सा#
पोखरिया नगरपालिका वडा नं.५ मा जनमत पार्टीले क्षेत्रिय गाउँ सभा कार्यक्रम सम्पन्न गरेको छ।जनमत पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी उम्मेदवार मालती कुशवाहाले पोखरिया चौकमा अवस्थित रहेको मधेशी जनआन्दोलनमा अमर शहिद चन्दन पटेलको सालिक प्रति टिका लगाई माला अर्पण गरेका हुन।

पोखरिया नगरपालिका वडा नं.५ मा भएको कार्यक्रममा प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी उम्मेदवार मालती कुशवाहाले मधेशी हक अधिकार तथा युवाको शान भएको एक मात्र पार्टी जनमत पार्टी भएको बताउनु भयो।जनमत पार्टी गरिब दलित असहाय हरेक दल र हरेक जातको पार्टी भएको स्पष्ट पार्नुभयो।जनमत पार्टीका प्रदेश सदस्य राजनारायण मिश्राले सि.के.राउत नेतृत्व भएको पार्टी जनमत पार्टी हामी सबैको पार्टी भएको र हरेक जनताको सुख दुःखमा साथ दिने पार्टी भएको जिकिर गर्नु भयो।

जनमत पार्टीका नेता गगन देश यादवले जनमत पार्टी मधेशको लागि सधै अगाडी बढने र भष्ट्रचारीको अन्तर गर्ने कुरामा जोड दिनु भयो। पोखरिया नगरपालिका वडा नं.५मा रोशन कुशवाहाको अध्यक्षतामा भएको क्षेत्रिय गाउँ सभा कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष अमरनाथ सिहं,फुलेना कुशवाहा,जनमत युवा संघ पर्साका जिल्ला अध्यक्ष संजय सिहं,पर्सा क्षेत्र नं १का क्षेत्रिय अध्यक्ष गगनदेव यादव,महादेव शर्मा,रुकसाना खातुन,मुस्कान शर्मा,प्रेस जनमतका जिल्ला अध्यक्ष मुन्ना ठाकुर, संचारकर्मी चन्द्रशेखर प्रजापति लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय