बहुदरमाई न.पा.५भौराटारमा वडा स्तरीय जेन-जी जनमत युवा संघ गठन

रामजी यादव २३कार्तिक पर्सा# पर्साको बहुदरमाई नगरपालिका वडा नं.५भौराटारमा वडा स्तरीय जेन-जी जनमत युवा संघ गठन भएको छ।जनमत पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नं.३का प्रतिनिधी सभा सदस्य पदका प्रत्यासी उम्मेदवार मालती कुशवाहाको प्रमुख आतिथ्यमा तथा अजय प्र.कुश्वाहाको अध्यक्षतामा २३सदस्यीय वडा स्तरीय जेन-जी जनमत युवा संघ गठन गरेको छ।जसको उपाध्यक्ष:-रामानंद प्र.कानु
सचिव:- बिकास प्र.कुश्वाहा
कोषाध्यक्ष :-रंजीत प्र.कुशवाहा
सह-सचीव:-बिहारी प्र.कुश्वाहा,
सदस्य रामनिवास साह,अम्लेश गोढ,चन्दन साह,सिकेन्द्र साह,मंजय प्र.कुश्वाहा,रुपेश प्र.कुश्वाहा लगायत रहेका छन।बहुदरमाई नगरपालिकाको भौराटारमा जेन-जी जनमत युवा संघको गठन तथा अन्तरक्रिया कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नं.३का प्रतिनिधि सभा सदस्य पदका प्रत्यासी उम्मेदवार मालती कुशवाहाले आफ्नो मन्तव्य राखेका थिए।सो कार्यक्रममा केन्द्रीय सदस्य अनिता रौनियार,जनमत युवा संघ पर्साका अध्यक्ष संजय सिंह,फुलेना कुश्वाहा,डा.कामोद निराला लगायत नेता कार्यकर्ता तथा स्थानीयबासीको उलेख्नीय सहभागिता रहेको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय