रामजी यादव १७ भादौ सिरहा # जनता समाजवादी पार्टी(जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च नेपालको मधेश प्रदेश समितीको अध्यक्षमा अभरेन्द्र यादव र मुख्य सचिवमा प्रवेश कुमार मिश्र चयन भएका छन् ।
सिरहाको मिर्चैया नगरपालिकाको एक होटलमा भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा अभरेन्द्र यादव र मुख्य सचिवमा प्रवेश कुमार मिश्रलाई चयन गरिएको हो ।
भादौ १७/१८ गते दुई दिन सम्म चलेको सो अधिवेशनबाट सर्वसँमतिबाट पुन:अध्यक्ष अभरेन्द्र यादवको अध्यक्षतामा २१ सदस्यीय समिती चयन गरिएको छ ।
प्रेस मंच नेपाल मधेश प्रदेशको सिराहाको मिर्चैयामा भएको दोस्रो अधिवेशनबाट प्रेस मंच नेपाल मधेश प्रदेश समितीको उपाध्यक्षमा रामहृदय यादव(धनुषा), माला राय(धनुषा), मुख्य सचिवमा प्रवेश कुमार मिश्र(सप्तरी), त्यस्तै सचिवमा नागेन्द्र यादव(महोत्तरी), प्रभा कुमारी यादव(पर्सा) र समावेशी सचिवमा राम पुकार राउत(रौतहट) र सरोज कुमार यादव(सर्लाही) चयन भएका छन् । त्यस्तै प्रेस मंच नेपाल मधेश प्रदेशको कोषाध्यक्षमा राजेश कुमार सिंह चयन भएका हुन ।
त्यसतै उमेश यादव(रौतहट), राजेश प्रसाद यादव(बारा), शितल साह(सिरहा), ओमप्रकाश यादव(सिरहा), विनय कुमार अधिकारी(धनुषा), बह्मान्नद ठाकुर(धनुषा) र मेवालाल यादव(रौतहट) सदस्यमा चयन भएका छन् ।
त्यस्तै, महिला सदस्यमा रश्मी पटेल(रौतहट), आदिवासी जनजाती तर्फ जितेन्द्र सिंह दनुवार(सिरहा) र ज्ञानेश्वर मण्डल(सर्लाही) रहेका छन् भने साविर आलम मुस्लिम सदस्यमा चयन भएका छन् ।
सो अधिवेशनमा भाग लिन मधेश प्रदेशको ८ ओटै जिल्ला र अन्य प्रदेशबाट समेत जिल्ला पार्षद, केन्द्रिय पार्षदको सहमती मै अध्यक्षमा अभरेन्द्र यादव सर्वसहमती चयन भएको निर्वाचन समितिका सदस्य शिव अधिकारी यदुवंशीले जानकारी दिएका छन् ।



