लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अनिलकुमार झाले राजिनामा दिएका छन् । लामो समय देखी लोसपा राजनीतिमा निष्क्रिय रहदैँ आएका झाले ह्वाटसपमार्फत अध्यक्ष महन्थ ठाकुरलाई राजिनामा बुझाएका हुन् ।
बिगत एक बर्षदेखि नै लोसपा राजनीतिमा निष्क्रिय रहेका झाले राजिनामा बुझाए लगत्तै अध्यक्ष ठाकुरले स्वीकृत गरिदिएको महासचिव सुरेन्द्रकुमार झाले बताए ।
‘उहाँ लामो समयदेखि लोसपामा निष्क्रिय जस्तै हुनुहुन्थ्यो, एक महिनाअघि उहाँले ह्ववाटसपवाट अध्यक्षज्यूलाई राजिनामा पठाउनु भएको थियो, अध्यक्ष ठाकुरजीले स्वीकृत गरिसक्नुभएको छ,’ उनले भने ।



