अबैध रुपमा भण्डारण गरि राखिएको रेडीमेड कपडा सशस्त्र प्रहरीद्वारा छापा

आर.पी.यादव २ असाढ पर्सा# सशस्त्र प्रहरी बल,नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोली र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा वीरगंज महानगर पालिका -६ रेशमकोठी स्थित २ नं. रोडमा रहेको रमेश अग्रवालको २ तल्ले पक्की भवनको ग्राउण्ड फ्लोवरमा २ वटा कोठाहरु भाडामा लिई संचालनमा रहेको जी.के. ट्रेडर्सको गोदाममा भारतबाट भन्सार छली गरि अवैध रुपमा लुकाई छिपाई गोदाममा भण्डारण गरि राखेको अवस्थामा मूल्य रु.२२,७१,९५०।- बराबरको तयारी कपडा (भेष्ट, जिन्स पाइन्ट र टिसर्ट) नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नं.१३गण हे.क्वा.पर्साका सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले बताउनुभयो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय