रामजी यादव२५ जेष्ठ पर्सा# बहुदरमाई नगरपालिकाको सभाहलमा लागु औषध बिरुध जनचेतनामुलक तालिम सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।श्री बृज फाउन्डेसन तालिम केन्द्र नेपालको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्साको समन्वय तथा सहयोगमा लागु औषध बिरुध जनचेतनामुलक तालिम कार्यक्रम सम्पन्न भएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अहिलेका स-साना बच्चा तथा युवाहरु लागु औषध सेवन गरि कुलतमा फसि भबिस्य बिगार्न लागेकोले स्थानिय जनप्रतिनिधि तथा बिभिन्न सरोकारवालाले निगरानी गरि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि सुचना दिन पर्सा प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
लागु औषध सेवन गर्ने जो-कोही लाई कारवाही गरिने प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो। ग्रमिण भेगमा स-साना पसल तथा मोठ मंदिरहरुमा लागु औषध बिक्री बितरण भईरहेकोले पर्सा प्रहरी प्रशासन निकायले ध्यान दिन जरुरी रहेको स्थानियहरुले गुनासो पोखेका छन।

जिल्ला प्रशासन कार्यालय पर्सामा न्या नेपाली नागरिकता,प्रतिलिपी वा राष्ट्रिय परिचय -पत्र आम नागरिक बनाउन जादा बढी भिड हुने र बढी समय लाग्ने जस्ता समस्यालाई समाधान गरि छिटो र सहज बाताबरण बनाई दिन प्रमुख जिल्ला अधिकारी समक्ष स्थानियहरुले आग्रह समेत गरेका छन।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आम नागरिकको समस्यालाई सहज र छिटो छरितो सेवा प्रवाह गर्न सधै लागि परेको बताएका छन। जिल्ला प्रशासन कार्यालय पर्सामा आम नागरिकको कुनै समस्या आए म भएको कक्षमा आएर भन्न सक्ने जानकारी दिनु भयो।
बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिगांसन साह तेलीको अध्यक्षतामा भएको कार्यक्रममा उप-प्रमुख सुस्मा कुमारी कुशवाहा,सशस्त्र प्रहरी बल नं.१३ गण हेड क्वाटरका सशस्त्र प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्र, प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव ,लेखा प्रमुख उपेन्द्र साह,सह-लेखापाल हरि पटेल, बिभिन्न वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य लगायत स्थानियहरुको उलेख्निय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण जिन्सी शाखा प्रमुख रामबाबु पटेलले गरेका थिए।



