back to top
20.1 C
Kathmandu
Saturday, May 24, 2025

सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह २०८२ अभियान आज दोस्रो दिन जितपुरमा सम्पन्न

रामजी यादव ८ जेष्ठ बीरगंज # “समुदाय प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह अभियान २०८२को जितपुर बारामा आज दोस्रो दिन कार्यक्रम सम्पन्न भएको छ।ट्राफिक प्रहरी पोस्ट जितपुरले सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह २०८२अभियानलाई आज दोस्रो दिन सफलतापूर्वक सम्पन्न गरेको हो ।

ट्राफिक प्रहरी पोस्ट जितपुरका प्रहरी सहायक निरीक्षक काशिन्द्र यादवको कमाण्डमा खटिएको ट्राफिक प्रहरी टोलीले आवत – जावत गर्ने प्रत्येक सवारी साधनहरुलाई रोकी चालक सह-चालक र यात्रुलाई ट्राफिक नियमको बारेमा जानकारी गराई दुघर्टना न्युनिकरण गर्न बिभिन्न सचेतनामुलक स्टिकर टास्न लगाई सम्झाई बुझाई छाडिएको ट्राफिक प्रहरी पोस्ट जितपुरका ईन्चार्ज असई यादवले बताए ।

“समुदाय प्रहरी साझेदारी”अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह २०८२ कार्यक्रमलाई सफल पार्न स्थानीय बिभिन्न सरोकारवालाको सहयोग रहेको थियो।सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह २०८२ को अभियानलाई सफल बनाउन बिभिन्न किसिमका सवारी साधन तथा पैदल यात्रीलाई दुघर्टनाबाट बच्न र बचाउन सकिने उद्देश्यले यस अभियानलाई संचालनमा ल्याईएको ट्राफिक प्रहरी सहायक निरीक्षक काशिन्द्र यादवले बताउनुभयो ।

“समुदाय प्रहरी साझेदारी”कार्यक्रम अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह २०८२को अभियान कार्यक्रम हिजो उदघाटन पछि एक हप्ताहसम्म संचालन गरिने जानकारी दिनुभयो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय