back to top
18.7 C
Kathmandu
Tuesday, May 20, 2025

अल्पसंख्यक समुदायहरुको परिसंघको बृहत्त अन्तरक्रिया कार्यक्रम बीरगंजमा सम्पन्न

रामजी यादव ४ जेष्ठ पर्सा#
दलित , पिछडावर्ग, थारु, आदीबासी र अल्पसंख्यक समुदायहरुको परिसंघको बृहत अन्तक्रिया कार्यक्रम टाउन हल बीरगंजमा सम्पन्न भएको छ।

परिसंघ नेपालका केन्द्रिय अध्यक्ष चन्देश्वर पासवानको अध्यक्षतामा बीरगंजको टाउन हलमा भएको कार्यक्रममा प्रमुख अतिथि तथा जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले सो कार्यक्रमको उदघाटन गरि अवधारणा -पत्रलाई सार्वजनिक गर्नुभयो।

जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रिय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रिया सहितको खबरदारी सभाको आयोजना गरेको हो।

जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले केन्द्रिय परिसंघको ब्यानरमा बृहत् अन्तरक्रियात्मक खबरदारी सभाको आयोजना गरिएको हो।

परिसंघको आयोजनामा भैरहेको उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायसँग सम्बन्धित नेतृत्व, संघ-संस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।

अवधारणा पत्र सार्बजनिक :-

परिसंघको कार्यदिशा, आगामी कार्यभार र उद्देश्यहरू समेटिएको ३५ बुँदे अवधारणा पत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवले १३ पृष्ठको उक्त अवधरणा पत्र प्रस्तुत गरेका हुन्।

अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उल्लेख गरिएको छ।

उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न संघर्ष गरिने उल्लेख गरिएको छ।

दलित,पिछडावर्ग,थारु,आदिवासी जनजाति र अल्पसंख्यक समुदाय माथि भइरहेकाे आर्थिक,सामाजिक, धार्मिक, साँस्कृतिक र राजनीतिक असमानता, विभेद,शाेषण र उत्पीडन लाई अन्त्य गर्न, उत्पीडित समुदायहरुकाे राष्ट्रिय पहिचानकाे मान्यता स्थापित गर्न, जनसंख्याकाे आधारमा प्रतिनिधित्व, मानव अधिकारकाे प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवामा पहुँच, राेजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्यायकाे प्राप्तिका लागि संघर्ष गर्न तथा उपराेक्त समुदायहरुसँग सम्बन्धित संगठन/ संघ, संस्था र व्यक्तिहरु सम्मिलित रहने गरि दलित, पिछडावर्ग, थारु,आदिवासी र अल्पसंख्यक समुदायहरुकाे परिसंघ गठन सम्बन्धमा अवधारना पत्र सर्वजनिक बृहत् अन्तक्रिया कार्यक्रममा जनता समाजबादी पार्टी नेपालका सह – आध्यक्ष रकम चेम्जोङ, उपाध्यक्ष गोबिन्द चौधरी, केन्द्रिय कार्यवाहक सदस्य राजकुमार राई,केन्द्रिय महासचिव तथा पूर्व मुख्यमन्त्री लालबाबु राउत गददी, केन्द्रिय सदस्य रेखा साह,सिगांसन साह कलवार, बिरेन्द्र यादव,नुरहोदा मिया , शशीकपुर मियां, फिरोज मंसूर, पिछडावर्ग (OBC)महासंघका केन्द्रिय अध्यक्ष भरत महतो कोइरी, पूर्व मुख्यमन्त्री सरोज कुमार यादव , मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव,पूर्व मंत्री करिमा बेगम,अनुगमन समिती मधेश प्रदेश अध्यक्ष महाराज यादव,ट्रेड युनियन महासंघ मधेश प्रदेश अध्यक्ष गोपी यादव, प्रेस मंच नेपाल मधेश प्रदेश अध्यक्ष अमरेन्द्र यादव,महिला संघ मधेश प्रदेश कोषाध्यक्ष प्रमिला गिरी, जसपा नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, प्रेस मंच नेपाल पर्सा जिल्ला अध्यक्ष रामजी यादव, जसपा नेपालका महानगर अध्यक्ष घनश्यामबाबु गुप्ता, पुनम चौधरी, महिला अध्यक्ष संगीता तिवारी, शारदा यादव, रिना यादव लगायत पाटीका बिभिन्न ओहदाका नेता तथा कार्यकर्ताहरुको उलेख्निय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण प्रेस मंच नेपाल बारा अध्यक्ष निखिल पासवानले गर्नु भएको थियो

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय