back to top
23.2 C
Kathmandu
Saturday, May 17, 2025

आज तोलामा रु ३ हजार ५०० ले सुनको मूल्य घटे

बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला ३५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८१ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९२५ मा बेचबिखन भइरहेको छ ।

बुधबार प्रतितोला सुन रु एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय