back to top
26.1 C
Kathmandu
Sunday, April 26, 2026

भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारत–पाकिस्तानबीचको पछिल्लो तनावबारे जानकारी गराए

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारत–पाकिस्तानबीचको पछिल्लो तनावबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत श्रीवास्तले भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणपछिको घटनाक्रमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका हुन् ।

राजदूत श्रीवास्तले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको, तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरेका छन् । उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक वक्तत्वप्रति उनले धन्यवाद व्यक्त गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान रहेको बताएका थिए । सोहीअनुरूप उनले उक्त आतंकवादी हमलाको भर्त्सना गरेको जानकारी गराए ।

नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रविरुद्ध भूमि प्रयोग गर्न नदिने प्रधानमन्त्रीले स्पष्ट गरेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय