आज तोलामा रु एक हजार ४०० घटेको छ । चाँदीमा भने प्रतितोला रु पाँचले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ८०० कायम भएको छ ।
त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६० मा बेचबिखन भइरहेको छ ।
बिहीबार प्रतितोला सुन रु एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९५५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।