भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। बिहीबार बिहान उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनाई नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय प्रहरीले जनाएको छ।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका बताइएको छ। गढवाल डिभिजनल कमिश्नर विनय शंकर पाण्डेले दुर्घटनाको पुष्टि गर्दै प्रशासन र उद्धार टोली घटनास्थलमा पुगेको बताए।
सेना, प्रहरी, विपद् व्यवस्थापन टोली, एम्बुलेन्स र राजस्व टोलीहरू घटनास्थलमा पुगिरहेका छन्।
हेलिकप्टर गंगोत्री जाँदै थियो। हेलिकप्टर एक निजी कम्पनीको भएको र त्यसमा सात जना सवार रहेको बताइएको छ।