back to top
19.4 C
Kathmandu
Monday, May 19, 2025

नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट

नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ ।

केहि उम्मेदवारमा दावी विरोध परेको र सो विषयमा विवाद भएपछि दुई समूह कुटाकुट गरेका हुन् । उनीहरु कुर्सी समेत तोडफोड गरेका छन् । विवादका कारण मतदान प्रक्रिया रोकिएको छ ।

जिल्ला पदाधिकारीका लागि जिल्ला कमिटीमा वा भातृ संगठनको केन्द्रीय कमिटीमा एक कार्यकाल बसेको हुनुपर्ने एमालेको विधानमा उल्लेख छ । तर विधान विपरित परेको उम्मेदवारीमा दावी विरोधको उजुरी पर्दा पनि ति उम्मेदवारको उम्मेदवारी खारेज नगरेको भन्दै विवाद भएको अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए ।

निर्वाचन समिति नै निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा गराउन नचाहेको आरोप लगाए । उनका अनुसार उपसचिवमा रुका कुमारी मिश्र र लेखा समितिको अध्यक्षमा विरेन्द्र लाल कर्णको उम्मेदवारी विधानसम्मत छैन् ।

उनले निष्पक्ष र शान्तिपूर्ण ढंगले निर्वाचन गराउन आफूहरु अहिले धर्नामा बसेको जानकारी दिए ।

धनुषामा एमाले सचिव रघुवीर महासेठको समूह तथा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’सहितका नेताहरुको अर्को समूह सक्रिय छन् । दुई समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

मण्डल, अरगरिया र झासहितका नेताहरुको समूहले रघुवीरमाथि निर्वाचनमा धाँधली गराउन लागेको आरोप लगाएका छन् ।

आज विहान ८ बजेदेखि नै मतदानको कार्यतालिका प्रकाशन गरिएको थियो । तयारी नपुगेको भन्दै विहान १० बजेका लागि सारियो । तर १० बजेबाट पनि विवादका कारण मतदान सुरु हुन सकेको छैन ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय