back to top
26.1 C
Kathmandu
Sunday, April 26, 2026

काठमाडौं महानगरपालिकाले भन्यो, विद्यालय परिसरमा विद्यार्थीले अंग्रेजी नबोले जरिवाना नगर्नू

काठमाडौं महानगरपालिकाले विद्यालय परिसरमा विद्यार्थीले नेपाली भाषा बोल्दा दण्डित वा जरिवाना नगर्न सामुदायिक संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । सोमबार एक सूचनामार्फत महानगरले विद्यालय परिसरमा विद्यार्थीले अंग्रेजीको सट्टा नेपालीमा संवाद गरे दण्डित वा जरिवाना नगर्न भनेको हो ।

“यदि कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ,” महानगरको शिक्षा विभागले भनेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय