back to top
23.1 C
Kathmandu
Friday, May 2, 2025

जसपा नेपाल पर्साको पाटी कार्यालयको उदघाटन तथा सपथग्रहण कार्यक्रम सम्पन्न

रामजी यादव १७ बैसाख पर्सा# जनता समाजबादी पार्टी नेपाल पर्साको पार्टी कार्यलय उदघाटन तथा सपथग्रहण कार्यक्रम बीरगंजमा सम्पन्न भएको छ।

जनता समाजबादी पार्टी नेपालका केन्द्रिय महासचिव तथा पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले जिल्ला समितीको पाटी कार्यालयलाई रिबन काटेर उद्घाटन गरेका हुन।जसपा नेपाल पर्साको न्या पार्टी कार्यलयको उदघाटन तथा जिल्ला अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथग्रहण कार्यक्रम बीरगंजमा सम्पन्न भएको हो।जनता समाजबादी पार्टी नेपाल पर्साको जिल्ला अधिबेशनबाट पर्सा जिल्लाको अध्यक्षमा सर्वसहमतिले रामनरेश यादवलाई चयन गरिएकोले उहाँलाई निर्वाचन समिती संयोजक एमामुदीन अहम्दले एक कार्यक्रमका बिच सपथग्रहण गराउनु भएको छ।

जनता समाजबादी पार्टी नेपाल पर्साको बर्तमान जिल्ला अध्यक्ष रामनरेश यादवले जिल्ला कार्यसमितिका पदाधिकारीहरुलाई सपथग्रहण गराउनु भयो। सपथग्रहण कार्यक्रममा जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य सिगांसन साह कलवार,केन्द्रिय सदस्य अशोक टेमानी,फिरोज मंसुर ,रेखा साह , सुरेन्द्र कुर्मी,शशीकपुर मियां, पूर्व मंत्री करिमा बेगम,अनुशासन समिती मधेश प्रदेश अध्यक्ष महाराज यादव,महिला अध्यक्ष संगीता तिवारी , जिल्ला सचिव रितेश गुप्ता,महानगर अध्यक्ष घनश्याम बाबु गुप्ता ,शारदा यादव,रिना यादव,संगिता चौहान लगायत नेता तथा कार्यकर्ताहरुको उलेख्निय सहभागिता रहेको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय