back to top
24.1 C
Kathmandu
Tuesday, April 29, 2025

लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन भव्य रूपमा सम्पन्न

रुपन्देही बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र बीएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनामा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्मेलन सम्पन्न भएको छ। तिलोत्तमा १४ मा रहेको टाइगर प्यालेसमा भएको सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री सारुले स्वास्थ्य क्षेत्रको समग्र विकासको लागि निजी क्षेत्र र राज्यले मिलेर काम गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले चिकित्सकहरूले आफ्नो व्यवसायिक मर्यादा कायम राख्नु पर्ने र आफ्नो क्षेत्रमा मात्र कार्य गर्नु पर्ने कुरा उल्लेख गर्नुभयो ।

उहाँले नवीनतम अनुसन्धान, खोज र अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान गर्नु राम्रो रहेको पनि बताउनुभयो। बीएलके म्याक्स हस्पिटल दिल्लीका तर्फबाट नेपालका कन्ट्री म्यानेजर, सबिन कार्कीले यस्ता कार्यक्रमहरूले आपसमा अत्यन्त फाइदाजनक आदानप्रदान हुने बताएका छन्। लुम्बिनी प्रदेशका १०० जना भन्दा बढी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको ग्याष्ट्रो सम्मेलनमा चिकित्सकहरूले अनुभव, प्रविधिको प्रयोग बारेमा जानकारी गराउँदै कार्यपत्र प्रस्तुत गर्नुभयो। सम्मेलनमा रिसेन्ट एड्भान्स इन लिभर ट्रान्सप्लान्टको बारेमा बीएलके म्याक्स हस्पिटलका डा. गौरव ब्रोडले कलेजोको प्रत्यारोपण र यससँग सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

त्यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले जनावरबाट फोक्सो र अन्य अंगहरूमा मर्ने रोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो। , वरिष्ठ ग्याप्ट्रोलोजिस्ट डा. संदिपराज कुवँरले पेट र इन्डोस्कोपी उपचार विधि बारे कार्यपत्र प्रस्तुत गर्नुभयो। वरिष्ठ डाक्टर रेडियोलोजिस्ट शोभित सिंहले कलेजोसम्बन्धी रोगको उपचारमा रेडियोलोजी सेवाको प्रयोग बारे कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यस्तै, डा. पुकार थापाले औषधि र CAM ले कलेजोमा गर्ने असर र यसको नवीनतम उपचार प्रविधिका बारेमा प्रस्तुतिकरण गर्नुभयो। कार्यक्रम संयोजक समेत रहेका पेट, आँखा, कलेजो तथा वरिष्ठ ग्याष्ट्रोलोजिस्ट डा. मोहन भुसालले जण्डिसका कारण हुने अल्पकालिन र दिर्घकालिन समस्या तथा बेहोसीपन बारे कार्यपत्र प्रस्तुत गर्नुभयो।

वरिष्ठ ग्याष्ट्रोलोजिस्ट डा. रविन हमालले एक्यूट प्याङ्क्रियाटाइटिस र यसको समाधान बारे कार्यपत्र प्रस्तुत गर्नुभयो। ग्याष्ट्रो सम्मेलनमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न विधामा आफ्ना विचार, मन्थन तथा अन्तरक्रिया गर्नुभएको ग्याष्ट्रो सेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक डा. मोहन भुषालले बताउनुभयो। उहाँले पछिल्लो समयमा पेट, आँखा, कलेजोसम्बन्धी नयाँ अभ्यास र प्रयोगहरू बारे जानकारी गराउनुभएको थियो ।

उद्घाटन समारोहमा नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा. कृष्ण खरेल, लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका अध्यक्ष डा. विष्णु पौडेल, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. ईन्द्र ढकाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको डा. भुसालले बताउनुभयो। सम्मेलनमा रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ, प्युठान, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरूका सबै विषयका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय