back to top
24.1 C
Kathmandu
Tuesday, April 29, 2025

शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरे : जनार्दन शर्मा

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाएको छ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव जनार्दन शर्माले सरकारले शिक्षकहरूमाथि अश्रुग्यास, पानीको फोहरा, लाठी प्रहार हानेको टिप्पणी गरे।

उनले सरकारले शिक्षकहरूको माग पूरा गर्नुको सट्टा दमन गरेको भन्दै भर्त्सना गरे। संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्ने भए पनि अहिलेसम्म नबनेकोमा असन्तुष्टि जनाए।

उनले विगतमा सरकारहरूले शिक्षकसँग गरेको सम्झौता कार्यान्वयन नगरेर धोखा दिएको बताए।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय