रवि लामिछानेलाई थुनामा पठाउने आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने भएका छन् । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

प्रहरीले अदालतको आदेश हेरेपछि मात्रै पक्राउको प्रक्रिया अघि बढाउने बताएको छ ।

प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, “हामीले पनि थुनामा पठाउने आदेश गर्‍यो भन्ने सुन्यौँ तर आदेश नपढी अहिले नै केही भन्न मिल्दैन ।”

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय