back to top
18.8 C
Kathmandu
Tuesday, May 20, 2025

प्रेस मंच नेपाल पर्साको दोस्रो अधिबेशनमा अध्यक्षमा रामजी यादव चयन

रामजी यादव १६ चैत्र पर्सा: प्रेस मंच नेपाल जिल्ला कार्यसमिति पर्साको दोस्रो पर्सा जिल्ला अधिबेशन कार्यक्रम बीरगंजको बि. पी .सी .कलेजमा सम्पन्न भएको छ। प्रदेश नं.२ का पूर्व मुख्यमन्त्री लालबाबु राउत गदीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो।

प्रेस मंच नेपाल पर्साको दोस्रो पर्सा जिल्ला अधिबेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले प्रेस स्वतन्त्रताको रक्षा गर्न जरुरी रहेको बताउनुभयो।

काठमाडौमा गणतन्त्र राजाबादी बिचको प्रदर्शनमा ज्यान गुमाएका सुरेश रजकको शोक प्रति सम्बोधन गर्दै मधेश प्रदेश अध्यक्ष श्याम बंजाराले पत्रकारिता पेशा प्रतिको चुनौतीलाई देश र सरकारले पत्रकारको सुरक्षाको ग्यारेन्टी नगरि सधै र सबै पत्रकार असुरक्षित महसुस गरेको बताउनु भयो।प्रेस मंच नेपाल जिल्ला कार्यसमिति पर्साको अध्यक्ष रामजी यादवको अध्यक्षतामा १५ न्या सदस्यीय समिती गठन भएको छ। जसको उपाध्यक्षमा संदीप उपाध्याय,महिला उपाध्यक्षमा रिना यादव,सचिव चन्द्र शेखर प्रजापति,सह-सचिव राजकिशोर भगत,सह-सचिव सुनिता पटवा, कोषाध्यक्ष सितल कुमारी शर्मा, सदस्य मृत्युन्जय साह,दिनेश कुमार यादव, प्रभा कुमारी यादव,शारदा देबी यादव,श्रीनिवाश साह सोनार,परशुराम पटेल,जयराम गुप्ता,रामनरेश साह रहेका छन् ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य त्रिलोकीनाथ यादवको अध्यक्षतामा भएको प्रेस मंच नेपाल पर्साको दोस्रो पर्सा जिल्ला अधिबेशन कार्यक्रममा बिशिष्ट अतिथी जिल्ला अध्यक्ष रामनरेश यादव, बिशिष्ट अतिथी प्रेस मंच नेपाल केन्द्रीय कार्यबाहक मनोज यादव, बिशिष्ट अतिथी प्रेस मंच नेपाल मधेश प्रदेश अध्यक्ष अमरेन्द्र यादव,अतिथी ट्रेड यूनियन मधेश प्रदेश अध्यक्ष अमरेन्द्र यादव,अतिथी ट्रेड यूनियन मधेश प्रदेश अध्यक्ष गोपी यादव,अतथी नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल,अतिथी प्रेस चौतारी पर्साका अध्यक्ष निरंजन मिश्र,प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहान,प्रेस मंच बारा कार्यवाहक अध्यक्ष निखिल पासवान,केन्द्रिय सदस्य शशीकपुर मियां, केन्द्रिय सदस्य फिरोज मंसुर,जसपाका नेता आत्माराम साह,बिधार्थी नेता अमोद यादव लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय