back to top
18.8 C
Kathmandu
Tuesday, May 20, 2025

प्रेम सम्बन्ध लुकाउन श्रीमानसँग मिलेर प्रेमीलाई बञ्चरो प्रहार गरी हत्या

विवाहेत्तर प्रेम सम्बन्ध लुकाउन श्रीमानसँग मिलेर प्रेमीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शाहीद अन्सारीको भएको पनि पुष्टि भएको छ । प्रहरी अनुसन्धान अनुसार अन्सारीको हत्या उनकी प्रेमिका अनिताकुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर गरेका हुन् ।

कतारमा कार्यरत अन्सारी र २४ वषींया अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । अनिताले नै अन्सारीकी श्रीमती बिरामी रहेको मेडिकल रिपोर्ट तयार पारी साउदी पठाएकी थिइन् । त्यही रिपोर्टका आधारमा अन्सारी आकस्मिक छुट्टी लिई नेपाल फर्किएका थिए । घर पुग्न नपाउँदै उनको हत्या भएको थियो । नेपाल फर्केका अन्सारी घर नगई प्रेमिका अनितालाई भेट्न मिथिला बिहारी–६ सिर्सिया आएका थिए ।

अन्सारीलाई घरमै बन्धक बनाएर मंसिर २७ गते दिउँसो ११ बजे सुत्ने कोठामा बञ्चरो प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या पश्चात शवलाई जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो। शव पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो ।

माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा शवको फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरेको छ। तर, उनका श्रीमान राजकिशोर यादव हत्या पश्चात् साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताए । उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय