जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको पुत्ला दहन गरिएको छ ।
सरकारी अस्पतालको स्तरोन्नति तथा अवैध रूपमा सञ्चालित निजी अस्पतालहरूमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै राष्ट्रिय एकता अभियानले मङ्गलवार साँझ जनकपुरधाममा प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री सिंहको पुत्ला दहन गरेको हो ।
प्रदर्शनकारीहरूले प्रादेशिक अस्पताल अगाडि नै भेला भएर नाराबाजी गरेका थिए ।