काठमाडौंको कृष्णभोग पार्टी प्यालेशमा सम्पन्न बृहत भेला तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र नागरिक उन्मुक्ति पार्टीलगायत विभिन्न पार्टी परित्याग गरी युवा नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेको । सिवेन्द्र यादव, तालिम अख्तर, आकाश साह र देवेन्द्र न्यौपानेको अगुवाइमा सयौ जना नेता कार्यकर्ता राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन । प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरुमा अनिश पराजुली, विक्रम साह,अमोद पटेल,जितेन्द्र जैसवाल, दिलिप पासवान, आकाश राउत, अब्दुल रहमान, नरेश जोशी,विदेशी चौधरी, आकाश ठकुरी,विरेन्द्र शाही, देव ढकाल, जनक दुलाल, इमरान अन्सारी , मन्सुर अन्सारी , डा। महेश थापा, विजय शाही, जेम्स बम, विन्दास बम, मुनाल तामाङ, अरुन खत्री, विजय ठकुरी, नवल यादव, राहुल शर्मा, विवेक पण्डित, अनिश कुशवाहा लगायतका रहेका थिए ।

नवप्रवेशीहरुलाई अध्यक्ष महतो सहितका नेताहरुले टिका र माला लगाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरु बुद्ध छिरिङ मोक्तान , केशव झा, कमला गुरुङ, राम नरेश राय, सुमन सायमी, सन्तोष मेहता, जुनतारा पुन मगर, अनिल महासेठ, अनिल सिंह, राम किशोर सिंह, तनवीर अन्सारी, विमला लामा, शेर बहादुर शाह, बलराम वाग्ले, दिपिन पन्त, कृष्ण मानन्धर, राम कृपाल साह, जित बहादुर निशानी, सि एन थारु, डिबि लामा,कौश्लेन्द्र शर्मा, किसोर साह लगायतको विशेष उपस्थिति रहेको थियो ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकलाई समृद्धिको बाटो अघि बढाउन स्वदेशवादको विचारधारा आवश्यक रहेको बताउनु भएको छ ।



