काठमाडौंको ठमेलस्थित एक घरमा आज बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट

काठमाडौंको ठमेलस्थित एक घरमा आज बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा उनले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो ।

आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय