महिला यू–१९ टी–२० विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।
नेपालका लागि कप्तान पूजा महतो २३ र सिमाना केसी ४ रनमा अविजित रहे ।
यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा ४५ रन जोडेर अलआउट भयो ।
मलेसियाको जोहोर क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालका लागि कप्तान पूजा महतोले ४, रचना चौधरीले ३, रीया शर्मा र सीमाना केसीले समान १/१ विकेट लिए ।
४६ रनको झिनो लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
मलेसियालाई पराजित गरे पनि नेपालको विश्वकप यात्रा समाप्त भइसकेको छ । नेपाल यसअघि बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग पराजित बनेको थियो ।