back to top
10.1 C
Kathmandu
Monday, January 13, 2025

बिहुँकाेट विकास मन्चबाट मानव सेवा आश्रममा भाेजन सेवा

काठमाडौ २९ । बिशुद्व रूपमा नेपाली सहयोदाताहरूकाे सहयोगमा संचालित मानव सेवा आश्रममा आर्थिक देखि भाेजन सेवा गर्ने क्रम बढेर गइरहेको छ । मानव सेवा आश्रममा आश्रय लिएर बसिरहेका ब्यक्तिहरूलाइ बिहुँकाेट विकास मन्चले एकदिनकाे भाेजन गराएको छ ।

सामाजिक र मानवीय सेवाको क्षेत्रमा सेवा गर्ने उदेश्यका गठन भएको बिहुँकाेट विकास मन्च बागलुङले बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रममा रहेर आश्रय लिएर बसिरहेका दिन दुखीहरूलाई एकदिनकाे भाेजन गराएको छ।

मानव सेवा आश्रम आश्रय लिएर बसिरहेका जेष्ठ नागरिक ,अशक्त ,मानिक सन्तुलन ठिक नभएका अपांग ,महिला बालिकालाई विहान र रातिको भाेजन दिउँसोको खाजा खुवाउने काम गरेको

अन्तर्राष्ट्रिय रूपमा रहेका बागलुङ बिहुँका ब्यक्तिहरूलाइ एकीकृत गर्ने उदेश्यले २०७७ पाैष २ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा विधिवत रूपमा दर्ता भएको विहुँकाेट विकास मन्चमा अहिलेसम्म ७ सय जना आजीवन सदस्य बनिसकेको मन्चले सामाजिक सेवाको क्षेत्रमा प्रत्येक्ष टेवा पुर्‍याउने काम गरिरहेको मन्चका सचिव बेद प्रसाद कडेलले बताए ।

राज्यले गर्नुपर्ने काम मानव सेवा आश्रमले गर्दै आएको यहाँ रहेका ब्यक्तिहरूलाइ सेवा गर्ने सहज बिषय नभएको जिल्ला प्रहरी कार्यालयले गर्ने सहयोग सहजीकरण भने गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ऋषिराम कडेलले बताए ।

मानव सेवा आश्रमलाइ विभिन्न संघसंस्था बाट सहयोग गर्ने वातावरण बन्दै गएको कारण यहाँ सेवा पाइरहेको आफ्नो तर्फबाट पनि सहयोग र सहजीकरण गरिरहेकाे बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले बताए ।

मानव सेवा आश्रम बिशुद्व रूपमा मानवीय भावना अनुसार चलिरहेको बिशुद्व रूपमा नेपाली सहयोगीहरूकाे कारण मानव सेवा आश्रम अहिले राम्रोसँग संचालन भइरहेको
मानव सेवा आश्रमका अभिभावक निर्मल बहादुर श्रेष्ठले बताए ।

कार्यक्रममा बिहँकाेट विकास मन्चका अध्यक्ष हिरालाल कडेल लगायतका बक्ताहरूले मानव सेवा आश्रममा सहयोग गर्नु मानवीय काम भएको धारणा राखेका थिए । कार्यक्रम संचालन मानव सेवा आश्रमका संचालिका बिपना तामाङले गरेका थिए ।

बागलुङको काँठेखाेला गाउँपालिका बिहुँकाेटमा जन्म भइ बिश्वभर छरिएर आफ्नो कर्मक्षेत्र बनाउदै आएका बिहुँकाेटेहरूलाई एउटा मालामा उन्ने उदेश्यका साथ स्थापना गरिएको मन्चले बाढीपीडित ,बिरामी अशक्त गरिव असाय लगायत लाई सहयोग गर्दै आएको छ ।

बागलुङ नगरपालिका ३ किनाराटाेलमा ८ बर्ष देखि संचालन हुदै आएको मानव सेवा आश्रममा घर परिवार आफन्त नभएका, जेष्ठ नागरिक अपांग ,महिला ,बालबालिका ,र मानसिक सन्तुलन ठिक नभएका ६२ जनाले आश्रय लिएर बसिरहेका छन्

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय