back to top
10.1 C
Kathmandu
Friday, January 10, 2025

धरान बाट ४४ हजारभन्दा बढी क्यापसुल लागूऔषधसहित तीन जना पक्राउ

धरान उपमहानगरपालिकाबाट ४४ हजारभन्दा बढी क्यापसुल लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

बिहिबार राति धरान-१६ जोरसखुवा बस्ने २४ वर्षीय सुमित भुजेललाई जोरसखुवाबाट हेमराज सुवेदीको कमाण्डमा खटिए‌को गस्ती टोलीले चेकजाँच गर्दा भुजेलले प्लास्टीको झोलामा लागुऔषध ट्रामाडोल-१ सय (क्याप्सुल), ट्रामानिल-९०० (क्याप्सुल) र नियन्त्रीत औषधी स्पासपेन-१ हजार (क्याप्सुल) सहित फेलापारी भुजेललाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दिवस कुवरले जानकारि दिनुभयो ।

त्यसैगरि सोही दिन प्रहरि निरिक्षक कोमल ठाकुरको कमाण्डमा खटिएको प्रहरी टोलीले धरान-८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा डेरा गरी बस्ने जिल्ला सुनसरी हरीनगर गाउपालिका-४ बस्ने ३१ वर्षीय अरसद अन्सारी र भुटाहा बस्ने ४५ वर्षीय जियाउल अन्सारी समेतले लागूऔषध कारोबार गरिरहेको छन् भन्ने गोप्य सूचना पाएका थिए । साेही सूचनाकाे आधारमा दुबै जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरान सुनसरीको प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले बताउनुभयो ।

पक्राउ परेकाहरुको डेराकोठा खानतलासी गर्दा उक्त कोठाको खाटमुनि कालो झोला तथा रातो कालो जेब्रा झोला समेतमा लुकाईछिपाई राखेको अवस्थामा लागूऔषध ट्रामोल-५० लेखिएको ४२ हजार छ सय क्याप्सुल फेला परेको हुदाँ उक्त लागूऔषध बरामद गरी निजहरु तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा ल्याइ थप अनुशन्धान भइरहेको जबेगुले बताउनुभयो ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय