back to top
19.1 C
Kathmandu
Sunday, May 4, 2025

लागूऔषध सहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरे

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेका बा.प्र ०१–००१ ख २८५६ नम्बरको बसमा सवार बसन्तलाई करिब २१ ग्राम र बा.प्र.०१–००६ ख ५६५२ नम्बरको बसमा सवार लाल कुमारलाई करिब १५ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगंगा नगरपालिका–३ बस्ने ३३ वर्षीय बसन्त बस्याल र सप्तरी तिलाठी कोईलाडी गाँउपालिका–२ बस्ने ३४ वर्षीय लालकुमार मण्डल रहेका छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय