जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
सवारी साधन आवत/जावत गर्न सहजीकरण गरिदिए वापत घुस माग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ। उनीविरुद्ध अख्तियारले २५ हजार बिगो दाबी गरेको छ।