back to top
19.1 C
Kathmandu
Monday, May 5, 2025

मुग्लिन–पोखरा सडक पॉच दिन सडक अवरुद्ध हुने

मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ।

लामो समयदेखि मुग्लिन-पोखरा सडक स्तरोन्नति भइरहेको छ। काममा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय