back to top
17.1 C
Kathmandu
Monday, December 23, 2024

पूर्ण बस्नेतले औँल्याएका उपनिर्वाचनका सात सन्देश

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले स्थानीय तहको उपनिर्वाचनले सात वटा सन्देश दिएको बताएका छन् । स्थानीय तहको उपनिर्वाचनको परिणामका सन्दर्भमा उनले विभिन्न सातवटा संकेत गरेको बताएका हुन् । पहिलो सन्देशका रुपमा बस्नेतले समाजवादी शक्तिले काङ्ग्रेस कम्युनिष्टलाई धक्का दिने गरी आफूलाई तयार पारिनसकेको अवस्थालाई औल्याएका छन् । खराबको विकल्प खराब हुन सक्दैन भन्ने उपनिर्वाचनको अर्को सन्देश रहेको उनको ठहर छ ।

मतदाता बेचैन छन् भन्ने कुरा स्थानीय तहको उपनिर्वाचनले देखाएको बस्नेत बताउँछन् । कम्युनिष्टभन्दा काङ्ग्रेस मुलुकका लािग कम घातक छ भन्ने मतदाताको बुझाइलाई उपनिर्वाचनले संकेत गरेको उनको ठनाइ छ ।

पाँचौँ सन्देशका रुपमा उनले संगठित पार्टी संरचनाका विरुद्ध स्वतन्त्रको नाममा व्यक्तिले परिणाम दिने कुरा एकाद बाहेक सम्भव हुँदैन भन्ने पनि उपनिर्वाचनको संकेत हो भनेका छन् ।
‘जसपा नेपालले क्षेत्रीय रुपमा आफ्नो वर्चस्वलाई कमजोर हुन दिएको छैन भन्ने कुरा देखाएको छ साथै संघीयता विरोधी र राजावादी शक्तिहरुको औचित्य छैन भन्ने कुरा यो उपनिर्वाचनको परिणामले देखाएको छ,’ उनले भनेका छन् ।
सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय