back to top
17.1 C
Kathmandu
Monday, May 5, 2025

गृहमन्त्री रमेश लेखकले महोत्तरीका र पर्साका प्रमुख जिल्ला अधिकारी स्पष्टीकरण सोधे

गृहमन्त्री रमेश लेखकले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई स्पष्टीकरण सोधेका छन् । दुई जिल्लाका सिडिओहरूलाई गृह मन्त्रालयमा बोलाएर मन्त्री लेखकले मौखिक स्पष्टीकरण मागेका हुन्।

कवारी सप्तरीको सिडिओ हुँदा पनि विवादमा तानिएका थिए। त्यसैले गोरखा जिल्लाको सिडिओमा हाजिर हुन पाएका थिएनन्। आफ्नै गृह जिल्ला महोत्तरीको सिडिओ बनेका कवारी आफू मातहतको कर्मचारीलाई घुस रकमसहित अख्तियारले रंगेहात समातेपछि विवादमा तानिएका हुन्।

महोत्तरीमा सीडीओ रहेका कवारीको मातहतमा काम गरिरहेका नायब सुब्बा अशोककुमार यादवलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेपछि सिडिओ समेत शंकाको घेरामा परेका थिए । सवारी ज्यान कसुर मुद्दामा कृया खर्च तथा क्षतिपूर्ति बापतको रकम लिन जाँदा घुसररिसवत लिएको भेटेपछि सुब्बा यादवलाई अख्तियारले रंगेहात समातेको थियो ।

रुपन्देहीबाट पर्सा पुगेका सिडिओ अर्याल पनि विवादमा तानिएका छन्। बुटवलको आम्दा अस्पतालमा भएको घटनामा ‘अस्पतालमा आगो लगाइदिन्थे’ भनेर अभिव्यक्ति दिएपछि विवादमा परेका हुन्। सिडिओ अर्याललाई जिम्मेवारीबाट हटाउन नेपाल चिकित्सक संघले गृहमन्त्री रमेश लेखकको समेत ध्यानाकर्षण गराइसकेको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय