प्रधानमन्त्री केपी शर्मा ओलीले ठग र अपराधमा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित जागरण सभामा बोल्दै उनले सरकारले गठी र अपराध गर्नेहरुलाई नसहने चेतावनी दिए।
‘आफै सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने? अरुलाई गाली गर्ने? कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन। कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन। कुनै पनि प्रकारको मानव तस्करी सैह्य हुने छैन। नेकपा एमाले र अहिलेको सरकारले जोसुकै होस्– अनुहार हेर्दैन, अपराध गर्नेलाई कारबाही गर्छ,’ उनले भने।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दृष्टान्त प्रस्तुत गरे।