चकलेट किनिदिने प्रलोभन देखाएर बालिका बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरे

बारामा चकलेट किनिदिने प्रलोभन देखाएर बालिका बलात्कार गरिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–१३ मा सोमबार बिहान १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।

ती पुरुषले बालिकालाई चकलेट किनिदिने भन्दै जंगलमा लगेर बलात्कार गरेको प्रवक्ता सापकोटाले बताए । बलात्कारको आरोपमा पक्राउ परेका पुरुष ४१ वर्षीय रहेको बारा प्रहरीले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय