काठमाडौं महानगर प्रहरीले गौशालामा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ। शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन गौशाला पुगेको हो। अनधिकृत संरचनामा डोजर चलाउँदा महानगर प्रहरी र स्थानीयबीच धकेलाधकेलसमेत भएको थियो।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं,’ अर्यालले अनलाइनखबरसँग, ‘अर्यालका अनुसार पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्ने छ ।
डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको जनाए ।