back to top
17.1 C
Kathmandu
Monday, December 23, 2024

ज.स.पा.नेपालको बृहत्त पार्टी प्रबेश कार्यक्रम बीरगंजमा सम्पन्न

रामजी यादव २८ कार्तिक पर्सा: जनता समाजबादी पार्टी नेपालको जिल्ला समिति पर्साको आयोजनामा बृहत पार्टी प्रबेश कार्यक्रम डायमण्ड रिर्सोट तथा पाटी पैलेश बीरगंजमा सम्पन्न भएको छ।जनता समाजबादी पार्टी नेपालको”जनतासंग जसपा नेपाल”, आधारभुत संगठन निर्माण अभियान”मुल नाराका साथ मेची देखि महाकाली सम्मको अभियान शुरु भईसकेको छ।

जनता समाजबादी पार्टी नेपालको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला तथा पुरुष बिभिन्न पार्टी परित्याग गरि दुईसय भन्दा बढीको संख्यामा जनता समाजबादी पार्टी नेपालमा प्रवेश गरेका छन।मधेश भुमि तथा मधेशी अधिकारको लागि लडने एक मात्र पार्टी जनता समाजबादी पार्टी नेपाल भएको यस पार्टीका महासचिव तथा पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताउनु भयो। संघियता, लोकतन्त्र र जनताको अधिकारका लागि सधै लडने पार्टी जनता समाजबादी पार्टी नेपाल मात्र भएको केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले ठोकुवा गर्नुभयो।नेपालको ठुलो पार्टी भनिने नेपाली कांग्रेस र कम्युनिष्टले मधेशी जनतासंग र मधेशीको अधिकार संग सधै खेडवाल र बिभेद गरेको प्रदेश अध्यक्ष बालकिशोर यादवले आरोप लगाउनुभयो। तत्काल जनमत पार्टी परित्याग गरि जनता समाजबादी पार्टी नेपालमा प्रबेश गरेका मधेशी जन आन्दोलनका पर्सा जिल्लाका कमाण्डर समेत रहेका बिरयोद्धा पुरुष शशिकपुर मियाले जनता समाजबादी पार्टी नेपालसंग गद्दारी गर्नेहरुलाई कहिले छुट नहुने बताउनुभयो।

बिभिन्न पार्टी परित्याग गरि जनता समाजबादी पार्टी नेपालमा प्रबेश गरेकालाई केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले माला तथा टिका लगाई स्वागत गरेका थिए।जनता समाजबादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको बृहत् पार्टी प्रबेश कार्यक्रममा महासचिव तथा पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी,प्रदेश अध्यक्ष बालकिशोर यादव,केन्द्रिय सदस्य सुरेन्द्र कुर्मी, केन्द्रीय सदस्य फिरोज मुसुर,केन्द्रीय सदस्य रेखा साह,केन्द्रीय सदस्य मौलाना हुरहोदा,प्रदेश अनुसन्धान आयोग अध्यक्ष महाराज यादव,महिला जिल्ला अध्यक्ष संगिता तिवारी, समाजबादी ट्रेड यूनियन बारा पर्सा अध्यक्ष गोपी यादव,क्षेत्रिय उपाध्यक्ष नागेन्द्र यादव,पूर्व वडाध्यक्ष बिरेन्द्र यादव,प्रमोद यादव,मनोज यादव,भागीरथ साह लगायत बुद्धिजीवी , समाजसेबी महिला तथा पुरुषको सहभागिता रहेको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय