गण्डकी प्रदेशको प्रदेशसभा सदस्य विमला गौचनको ६३ वर्षको उमेरमा गएराति निधन भएको छ । उहाँको उपचारकाक्रममा काठमाण्डौको ग्राण्डी अस्पतालमा निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले जानकारी दिनुभयो ।
म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुनुहुन्थ्यो । केही दिन अघि उहाँलाई डेङ्गी सङ्क्रमण भएको थियो । गौचनका छोरा अमेरिकाबाट फर्किएपछि मात्रै अन्त्येष्टि गरिने भएको छ ।