नेपाल विद्युत् प्राधिकरणले कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको छ । मन्त्रिपरिषद्को २४ घण्टे अल्टिमेटमपछि मंगलाबार बोर्ड बैठक बसेर लाइन जोडेको हो ।
मंगलबार रातिदेखि लाइन जोड्न क्षेत्रिय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
मन्त्रालयले पनि मन्त्रिपरिषद्को निर्णय र लाल आयोगको प्रतिवेदनअनुसार महशुल उठाउने निर्णय कार्यान्वयन गर्न पत्राचार समेत गरेको थियो ।
मन्त्रालयको पत्र पाएपछि बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले महशुल बक्यौता उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।
अब प्राधिकरणले टीओडी मिटरका आधारमा उद्योगबाट १५ दिनभित्र महशुल बक्यौता उठाउनुपर्ने छ ।
प्राधिकरणले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने जनाएको छ ।



