बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

आज बिहान बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको पिकअप दुर्घटनामा परेको हो।

दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ। भ्यानमा सवार एक जनालाई जीवितै उद्धार गरिएको छ।

मृतकको पहिचान अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

जैमिनी-७ जैदीको व्यार्थला नजिकै ग२च ९२४७ नम्बरको पिकअप भ्यान सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा उद्धार र शव संकलनको काम भइरहेको छ। भौगोलिक कठिनाइ र सम्भावित प्रविधिक समस्याबारे थप अध्ययन भइरहेको छ। दुर्घटनाको कारण भने हालसम्म खुलेको छैन।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय