back to top
6.1 C
Kathmandu
Tuesday, December 24, 2024

प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बनाउने विषयमा झडप

प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बनाउने विषयमा बनाउन दिने र नदिने पक्षबीच झडप भएको हो ।

शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम झडप भएको हो । कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेको बताइएको छ ।

दुवै पक्षको झडप रोक्न प्रहरीले बल प्रयोग गरेको छ । कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार, दुवै पक्षलाई शान्त पार्ने प्रयास जारी छ ।

केही स्थानीयलाई ढुंगा लागे पनि झडपमा कुनै ठूलो हताहती भएको छैन ।

यसक्रममा तीन जना घाइते समेत भएका छन्।

घाइते तीनै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

 

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय