back to top
11.1 C
Kathmandu
Tuesday, December 24, 2024

दीपक मनाङ्गे ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुन्छु

गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङेले कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएको तर अदालतबाट फैसलाको पाठ तयार नभइसकेको जानकारी आफूले पाएको बताएका छन्।

‘सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा म स्वयं उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु,’ मनाङेले भनेका छन्।

अदालतबाट आफू दोषी ठहर भएको फैसला आएपछि केही सञ्चारमाध्यमबाट तारन्तार फोन आएकाले मोबाइल बन्द गरेको उनले बताएका छन्। साथै, केही सञ्चारमाध्यममा आफूविरुद्ध भ्रामक समाचार आएको भन्दै त्यसप्रति आपत्ति रहेको पनि उल्लेख गरेका छन्।

गत मंगलबार (कात्तिक २०) उनको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत, पाटनकै फैसला सदर गरेको थियो।

यद्यपि, उनले सर्वोच्चको फैसला आउँदाको दिनदेखि सञ्चारमाध्यामहरुबाट तारान्तार आइहेका कलहरुका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द गरेको स्वीकार गरेका छन् । उनले भनेका छन् – ‘यहि विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समभारहरु आइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ ।

सम्बन्धित लेखहरू
- Advertisment -
0FansLike

लोकप्रिय